सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • मीनेन्द्र रिजालले दिए मन्त्रीबाट राजीनामा

मीनेन्द्र रिजालले दिए मन्त्रीबाट राजीनामा

3430
Shares
मीनेन्द्र रिजालले दिए मन्त्रीबाट राजीनामा

 

कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएका छन्।

रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन्।

उनले प्रधानमन्त्रीलाई सिंहदरबारमा गएर राजीनामा पत्र बुझाएका हुन्।कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजाल पराजय भएका थिए।

महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए। महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।

अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन्। रिजाल भने पाँचौं नम्बरमा थिए।

3430
Shares

ट्रेन्डिङ