सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउने व्यवस्था मिलाउँदै निर्वाचन आयोग

विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउने व्यवस्था मिलाउँदै निर्वाचन आयोग

4070
Shares
विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउने व्यवस्था मिलाउँदै निर्वाचन आयोग

 

काठमाण्डाै : नेपालमा आउँदाे निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ ।

निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेकाे महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्ताे जानकारी दिनुभयो । उहाँले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताउनुभएको हो ।

उहाँका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको छ । विदेशमा करिब ४० लाख नेपाली नागरिक छन् ।

यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशमा रहेका कुटनीतिक निकायमार्फत सङ्कलन गरिएको थियो ।नेपालमा पालिकाको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ ।

विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताउनुुभयो ।

 

4070
Shares

ट्रेन्डिङ