सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • जिल्ला प्रशासन कार्यालय काभ्रेले बार अनुसार नागरिकता वितरण गर्ने

जिल्ला प्रशासन कार्यालय काभ्रेले बार अनुसार नागरिकता वितरण गर्ने

11560
Shares
जिल्ला प्रशासन कार्यालय काभ्रेले बार अनुसार नागरिकता वितरण गर्ने

 

काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेले बार अनुसार नागरिकता वितरण गर्ने भएको छ।

नागरिकता लिने सेवाग्राहीको संख्यामा दिनप्रति दिन अत्याधिक बृद्धि हुँदैगएपछि जिल्लाका विभिन्न पालिकाहरुको सेवाग्राहीका लागि बार तोकेको हो।

कोरोना भाइरसको नयाँ भेरियन्टलाई मध्यनजर गर्दै आगामी १५ गतेबाट बार अनुसार सेवा दिन लागिएको हो ।

कोरोना संक्रमणका बोला धेरै भिड हुँदा संक्रमण समुदायस्तरमा फैलिन सक्ने र त्यसबाट सुरक्षित हुन बार अनुसार सेवा दिने भएको हो ।

आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले धुलिखेल,मण्डनदेउपुर नगरपालिका, तेमाल र चौरीदेउराली गाउँपालिकाका सेवाग्राहीलाई आइतबार र बुधबार नागरिकता वितरण गर्ने जनाएको छ ।

पाँचखाल, पनौती नगरपालिकाका,भुम्लु र रोशी गाउँपालिकाका सेवाग्रहीले सोमबार र विहिबार पाउनेछ ।

बनेपा, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका सेवाग्राहीलाई भने मंगलबार र शुक्रबार नागरिकता दिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

खानीखोला गाउँपालिकाको हकमा भने प्रशासनले सबैबार सेवा प्रदान गर्नेछ ।

11560
Shares

ट्रेन्डिङ