काठमाडौं, पुस २७ । नेपालमा पछिल्लो २ हजार ४ सय ४४ जनामा को रो ना सं क्र मण पुष्टि भएको छ ।
१० हजार ६ सय ४८ जनाको पीसीआर र ४ हजार ३ सय ८५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को रो ना सं क्र मणबाट १ जनाको मृ त्यु भएको छ ।
त्यस्तै, मंगलबार ३१३ जना को रो ना संक्रमित संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना सं क्र मि त थपिएका छन् । जसमध्ये काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जना रहेका छन् ।