सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु

रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु

1740
Shares
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु

धनगढी । रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका  ३६ वर्षीय भरत शाहको मृत्यु भएको खुलेको छ ।

भरतका दाजु नाता पर्ने बिर्ख शाहले मंसिर १० गते नै मृत्यु भएको खबर हालै पाएको बताएका छन् ।भरतसँगै रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमतीलाई भरत युद्धमा मारिएको खबर पठाएको र उनीहरुबाट ढिला मात्र जानकारी पाएको बिर्खको भनाइ छ ।

रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिकाका शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका छन् 

गत ३० साउनमा संयुक्त अरब इमिरेट्सको दुबई गएका भरत शाह पूर्वप्रहरी हुन् । उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनी उतैबाट रुस गएका थिए ।भरतका श्रीमती, नाबालक छोरा र छोरी छन् ।

तक शाहको कुशको शवको प्रतिमा बनाएर आइतबार हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

1740
Shares

ट्रेन्डिङ