सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • धुलिखेल नगरपालिकाले काभ्रेली सबै सञ्चारकर्मीको स्वास्थ्य बिमा गरिदिने

धुलिखेल नगरपालिकाले काभ्रेली सबै सञ्चारकर्मीको स्वास्थ्य बिमा गरिदिने

4000
Shares
धुलिखेल नगरपालिकाले काभ्रेली सबै सञ्चारकर्मीको स्वास्थ्य बिमा गरिदिने

 

काभ्रेको धुलिखेल नगरपालिकाले जिल्लाका सबै सञ्चारकर्मीहरूको स्वास्थ्य बिमा गरिदिने भएको छ ।

पालिकाको ५३ औँ नगर कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

धुलिखेल नगरपालिकाले काभ्रे जिल्लालाई कार्य क्षेत्र बनाई निरन्तर पत्रकारिता गर्ने पत्रकारहरूको स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार महासंघ काभ्रेसँगको समन्वयमा पत्रकारहरूको सूची उपलब्ध भए पछि नगरपालिकाले स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको हो ।

नगरपालिकाले पत्रकारहरूको सूची प्राप्त भए पछि आवश्यक कागजात सहित स्वास्थ्य बिमाका लागि लाग्ने रकम एकमुष्ट बिमा अभिकर्तालाई उपलब्ध गारउने पालिकाले जनाएको छ ।

 

 

4000
Shares

ट्रेन्डिङ