सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • अबदेखि काठमाडौं उपत्यकामा के गर्न पाइन्छ, के पाइँदैन ? (आदेशसहित)

अबदेखि काठमाडौं उपत्यकामा के गर्न पाइन्छ, के पाइँदैन ? (आदेशसहित)

4175
Shares
अबदेखि काठमाडौं उपत्यकामा के गर्न पाइन्छ, के पाइँदैन ? (आदेशसहित)

 

काठमाडौं । काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेपछि प्रशानसले कडाइ गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्नेसहित विभिन्न निर्णय गरेको हो ।

भोलि रातिदेखि जोर गते जोर अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ भने बिजोर गने अन्तिममा बिजोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ ।

औषधि, स्वास्थ्य सामाग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षिका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु हुने छैन ।

यसैगरी सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमाहल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थक्लव, जीमखाना, रंगशाला, संग्राहलय, पुस्तकालय चिडियाखाना, कभर्ड हल, स्वीमिङ पुल,फुटसल, जात्रा, महोत्सव, पटकेहाटबजार मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम गर्न रोक लगाइएको छ ।

शैक्षिक संस्थाहरूले भौतिक (तालिम केन्द्र, कोचिङ सेन्टर ट्यूसन,कलेज,विद्यालय) उपस्थितिमा गर्ने पठन पाठन गर्न पाउने छैनन् । विश्वविद्यालय/विद्यालय/शिक्षालयका परीक्षा, जनशक्ति भर्नाका परीक्षा लगायतका किसिमका परीक्षाहरू गर्न पनि रोक लगाइएको छ ।

तर विश्वविद्यालय आयोगको पूर्वनिर्धारित विशिष्ठ प्रकृतिको छनौट परीक्षा (विदेशी भाषा परीक्षासमेत) स्वास्थ्य मापदण्डको पालना गरी गराई सञ्चालन सकिने आदेशमा भनिएको छ ।

 

4175
Shares

ट्रेन्डिङ