सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पशुपतिनाथ मन्दिर भक्तजनका लागि आजदेखि खुला

पशुपतिनाथ मन्दिर भक्तजनका लागि आजदेखि खुला

7095
Shares
पशुपतिनाथ मन्दिर भक्तजनका लागि आजदेखि खुला

 

काठमाडौं : को रो ना का कारण दर्शनार्थीका लागि बन्द पशुपतिनाथ मन्दिर आजदेखि खुला गरिएको छ।

पशुपति क्षेत्र विकास कोषले जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशानुसार भक्तजनको व्यवस्थापन गर्ने गरी मन्दिर खुला गर्ने निर्णय भएको जनाएको छ।

कोषले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर खुला गरिएको जनाएको छ।

जिल्ला प्रशासनले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने भनेको छ। को रो ना संक्रमण बढ्न थालेपछि माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो।

 

7095
Shares

ट्रेन्डिङ