सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा काभ्रे ५८ विद्यालय छनोट, सबैभन्दा धेरै मण्डनका

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा काभ्रे ५८ विद्यालय छनोट, सबैभन्दा धेरै मण्डनका

7925
Shares
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा काभ्रे ५८ विद्यालय छनोट, सबैभन्दा धेरै मण्डनका

 

 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा काभ्रे ५८ वटा विद्यालयहरु छनोट भएका छन् ।

 

देशभरका ४ हजार १५७ सार्वजनिक विद्यालय छनोट पर्दा काभ्रेबाट पनि ५८ वटा विद्यालयहरु छनोट भएका हुन् ।

 

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त विद्यालहरु छनोट गरेको हो । सबैभन्दा धेरै मण्डनदेउपुरका ९ विद्यालय छनोट भएका छन् ।

 

बनेपा नगरपालिकाका ८ वटा, बेथानचोक गाउँपालिका भित्रका ४ वटा, धुलिखेल नगरपालिकाका ५ वटा, नमोबुद्ध नगरपालिकाका ३, भुम्लु गाउँपालिकाका २, खानीखोला र रोशी गाउँपालिका तथा पाँचखालका ३-३ छन् ।

 

त्यस्तै चौरीदेउराली गाउँपालिका र पनौती नगरपालिकाका ५-५ तेमालका ७ वटा विद्यालय खनोट भएका छन् । छनोट भएका विद्यालयहरुमध्ये एक ल्याब,एक बाली विज्ञान,एक कम्प्युटर विज्ञान र एक ४ कोठे भवनका लागि छनोट भएका छन् ।

 

बाँकी विद्यालयहरु भने भौतिक संरचनाको हिसाबले पू्र्णता भएको भन्दै आइसिटी कार्यक्रमको लागि भएका छन् ।

 

 

 

 

7925
Shares

ट्रेन्डिङ