सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एमाले काभ्रेका नव निर्वाचित जिल्ला कमिटी सदस्यहरूले लिए सपथ

एमाले काभ्रेका नव निर्वाचित जिल्ला कमिटी सदस्यहरूले लिए सपथ

5955
Shares
एमाले काभ्रेका नव निर्वाचित जिल्ला कमिटी सदस्यहरूले लिए सपथ

 

नेकपा एमाले काभ्रेका नव निर्वाचित जिल्ला कमिटीले सपथ तथा पदभार ग्रहण गरेका छन् ।

 

पुस २३ गतेको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी सदस्यहरूले आज सपथ ग्रहण लिएका हुन् । को रो ना भाइरस महामारीका कारण रोकिएको सपथ ग्रहण बनेपामा एक कार्यक्रमको आयोजना गरी आज जिल्ला कमिटी सदस्यहरूले सपथ लिएका हुन् ।

 

गत पुस २३ गते पार्टी अध्यक्ष केपी ओलीले धुलिखेल स्थिल रंगशालामा जिल्ला अधिवेशनको उदघाटन गरेका थिए।अधिवेशनले अशोक कुमार ब्याञ्जु श्रेष्ठको नेतृत्वमा नयाँ जिल्ला कमिटी चयन गरेको थियो ।

 

५ जना पदाधिकारी मध्ये अध्यक्ष श्रेष्ठ र उपसचिब रिता ढकाल सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्ष, सचिब र उपसचिबमा भने मतदान भएको थियो । उपाध्यक्षमा चन्द्र लामा, सचिबमा राजन भुर्तेल र उपसचिबमा राजकुमार सापकोटा निर्वाचित भएका थिए ।

 

 

5955
Shares

ट्रेन्डिङ