सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • काभ्रेका सहकारीकर्मीलेजिल्ला प्रशासन कार्यालयलाई बुझाए ज्ञापनपत्र

काभ्रेका सहकारीकर्मीलेजिल्ला प्रशासन कार्यालयलाई बुझाए ज्ञापनपत्र

6625
Shares
काभ्रेका सहकारीकर्मीलेजिल्ला प्रशासन कार्यालयलाई बुझाए ज्ञापनपत्र

 

 

काभ्रेका सहकारीकर्मीहरूले ब्याजदरका विषयलाई लाएर जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

 

सन्दर्भ ब्याजदर पुनरावलोकनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत सहकारी विभागलाई ज्ञापनपत्र बुझाईएको जिल्ला संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले जानकारी दिनुभयो ।

 

सहकारीकर्मीहरूरे विभिन्न ६ वटा माग सहित प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

 

उनीहरूले राष्ट्रिय सहकारी महासंघले माग गरेको सन्दर्भ ब्याजदरलाई आधार मानि माग सम्बोधन गर्न, सहकारी ऐन तथा नियमावलीमा रहेको विद्यमान रहेको सन्दर्भ ब्याजदर ब्यवस्था असान्दर्भिक देखिएकाले तत्काल खारेजी गरिनुपर्न माग गरिएको छ ।

 

त्यसैगरी विभागद्वारा हालै जारी ८८ बुँदे निर्देशन संशोधन गर्न, सहकारी क्षेत्रको सुरक्षा र संरक्षणको उपाय गर्न, सहकारीको नीति तथा कार्यक्रम र योजना बनाउँदा अभियान शिर्ष तहसँग सहकार्य गर्न र सहकारी संस्था दर्ता नियमन क्षेत्र विस्तार, बचतको सुरक्षा र परिचालनमा देखापरेका तहगत समस्याको निगरानी तथा निराकरणका लागि तत्काल आवश्यक कारबाही अघि बढाउन माग गरिएको छ ।

6625
Shares

ट्रेन्डिङ