सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • रसायनिक मल कारखाना खोल्न बागमती प्रदेश सरकारले नेतृत्व लिन्छ:मन्त्री हुमागाई

रसायनिक मल कारखाना खोल्न बागमती प्रदेश सरकारले नेतृत्व लिन्छ:मन्त्री हुमागाई

5070
Shares
रसायनिक मल कारखाना खोल्न बागमती प्रदेश सरकारले नेतृत्व लिन्छ:मन्त्री हुमागाई

 

बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईले रसायनिक मल कारखाना खाल्न प्रदेश सरकारले नेतृत्व लिने बताउनुभएको छ ।

 

आज हेटौंडामा मन्त्रालयले आयोजना गरेको रसायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा काठमाडौं विश्वविद्यालय, धुलिखेलसँग प्राविधिक परामर्श तथा छलफल कार्यक्रम बोल्दै मन्त्री हुमागाईले यस्तो बताउनुभएको हो ।

 

प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पनि मल कारखाना खोल्ने बिषयमा सकारात्मक रहेको र संघीय सरकारसंग पनि यस बारे छलफल तथा परामर्श गर्ने मन्त्री हुमागाईको भनाई छ । ‘कयौँ त्यस्तो असम्भव कुराहरू सम्भव भएका छन् । हामी गर्न सक्छौ ।

 

नसक्ने कुरा केही छैन् । यसमा मुख्यमन्त्री ज्यू पनि सकारात्मक हुनुहुन्छ । संघ सरकारसंग पनि समन्वय गरेर अघि बढ्छौं । मन्त्री हुमागाईले भन्नुभयो ।’

 

मन्त्री हुमागाईले आफुले पदभार ग्रहण गर्दै गर्दा नेपालमा मल कारखाना खोल्न सम्भव भएको कुरा गरेको स्मरण गर्दै आवश्यक कानुन निर्माण गरेर भएर पनि मलमा देशलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो ।

 

‘मलाई राम्रोसंग याद छ पदभार ग्रहण गर्दै गर्दा भनेको कुरा । म अहिलेपनि मल कारखानामा मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने पक्षमै छु । सरकारकै स्वामित्व रहने मल कारखाना खोल्नु पर्छ । मन्त्री हुमागाईले भन्नुभयो ।’

 

 

5070
Shares

ट्रेन्डिङ