सबैको समाचार
बुधबार, असार १२, २०८१
  • होमपेज
  • पुर्नःनिर्माणमा राजनीति किन?

पुर्नःनिर्माणमा राजनीति किन?

3635
Shares
पुर्नःनिर्माणमा राजनीति किन?

रामबाबु पराजुली
सरकार । के हो को हो ? के का लागि हो ? यो प्रश्न को उत्तर खोजी रहेछ गाउँ । आज करिब १९ महिना वित्न लाग्यो भूकम्प गएको । सरकारले पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि पहल गर्ने नाउँमा हदै सम्म गिरेर राजनीति खिचातानिमा अल्झिरहनु अत्यन्तै दुःखद परिस्थिति हो ।
आशा र आश्वासन बाँड्न गाउँमा धेरै पुगे । गाउँका टाठाबाठा र राजनीतिक पहुँच भएका र केही हदसम्म शक्तिमा रहेकालाई भेट, अनि फर्किए । आम जनता जो आशमा छ । जसलाई भरोसा र साहारा चाहिएको छ उसलाई न सरकारले भेट्यो न संस्थाले भेट्यो । उसको साथी आँसु बाहेक केही रहेन । निराश र रित्ततो मन बोकेर आशाका फुल फुलाउनेहरु आज पनि ति बस्तिमा छन् ।
भूकम्पले भत्काएको भगनावशेषमा आफ्नो अस्तित्व खोजि रहेछन् । यो आपत् र विपत्लाई सरकारले त्यो भन्दा माथि उठाउन र अवसरको रुपमा प्रयोग गर्न नसक्नु अनि यस्ता जनतामाथि सिमित व्यत्तिको राज चलि रहनु के यो स्वभाविक हो । सरकारमा रहने कुनै पनि मानिसको इच्छा शक्ति थियो भने यो अवस्थासम्म गिर्दा पनि हेरेर बस्ने थिएन होला । तर विडम्बना नै भन्नु पर्छ हाम्रा देशका नेताले यहि विध्वंशलाई मागि खाने भाँडोको रुपमा प्रयोग गरे ।
करोडौं अरबौ रकम र राहतका सामाग्रिहरु आए तर ति सामाग्रहरु नत सरकारले स्याहार्न सक्यो न त पीटिको हातमा पुग्यो । धेरै सामान कुहिए । मिति सकिए । तर एकातिर पीडित पिडामानै रहनु प¥यो अर्को तर्फ सरकारको हैसियत दुनियाँले देखे । गर्ने हो भने त धेरै समय लाग्दो रहेनछ ।
तातो उदाहरण विद्युत प्रधिकरणमा कुलमान घिसिङको आगमन र त्यस पछिका कदम र कार्यले नेपाली जनताले पाएको उज्यालो । शक्ति, स्रोत साधन, पहुँच मात्रै ठूलो कुरा होइन गर्ने र बनाउने इच्छाशक्ति नै ठूलो कुरा हो । इच्छाशक्ति र योजना नभएका मानीसको नेतृत्वले डुबाउँदै छ पुननिर्माणको कम । होइन भने जुन गतिमा काम अगाडि बढ्नुपर्ने हो, त्यो किन हुन सकिरहेको छैन ? गर्नेलाई रात र दिनले छेक्दैन तर नगर्नेलाई नत दिन आउँदो रहेछ न त ररात वित्दो रहेछ ।
प्राकृतिक विपत्ती कसैको नियन्त्रणमा हुने कुरा होइन । जब विपत्ति आइलाग्छ तब भोग्नु पर्छ । जसलाई विपत्तिले घेर्छ उसले भोग्नु पर्छ । यो तितो यतार्थ हो । जे हुनु भैसक्यो । जस्तो विध्वंश भएको छ त्यो पनि हामी आफ्नै कारणले भएको छ । हामीले निर्माण गरेका संरचनाहरु भूकम्प प्रतिरोधी मात्र थिए भने पनि यतिको धेरै क्षति हुने थिएन ।
नेपाल भूकम्पको उच्च जोखिममा भएको राष्ट्र हो । अझै पनि पराकम्पहरु आउने क्रम रोकिएको छैन । हाम्रो देश नेपाल विश्वमा चिनिएको मुलुक हो । सगरमाथाको देश हो । गौतम बुद्धको देश हो । कला संस्कृति, भेषभूषा र मन्दीरै मन्दीरको देश हो । तर भूकम्पले हाम्रा पुराना मन्दीर, गुम्बा पाटीपौवा ढलाएको छ । मेटाएको छ ।
अनि हाम्रो देशमा सरकार छ । सरकारले धेरै तथ्यांकहरु पनि सार्वजनिक गगिससकेको छ । अनि ध्वंश संरचना बनाउन भनेर पुननिर्माण आयोग पनि नबनेको छ । आखिर सबै कुरा हुँदा–हुँदै पनि भूकम्प पछिका दिनमा धेरै नेपालीले आशै आषामा धेरै रात काटेका छन् । आधा पेट खाएका छन् । एकसरो लाएका छन् । विारमि पर्दा होस् या अफ्टयो पर्दा होस् आफ्नो जोहो आफैले गरेका छन् ।
पीडितले आफ्नो घर, बस्ती, स्कुल वा समाज पहिले भन्दा राम्रो नदेखे सम्म वा अनुभव नगरे सम्म पिडितहरुले स्थायी रुपमा आफ्ना सामान्य जीवनमा फर्कन सक्दैनन् । त्यसैले यो ठूलो विपतीको पुन निर्माणको लागि हामी सरकारी स्तरबाटै पहल हुन पर्ने हो तर पुनर्निर्माणका लागि स्वतन्त्र, विश्वसनीय र विज्ञ सम्मिलित प्राधिकरण बनेको थियो भने काम अगाडि बढ्सक्ने सम्भावना थियो ।
त्यो समितिमा सहर व्यवस्थापन, ऊर्जा व्यवस्थापन, वातावरणविद्, स्वास्थ्यलगायतका महत्वपूर्ण विषयको बारेमा गहिरो ज्ञान भएका व्यक्तिहरू सम्मिलित गर्न सकेको भए अझै राम्रो हुने थियो, त्यसो हुन सकेन । नेताले नेतृत्व गर्ने हो । नेता नै कार्यक्रम लिएर कार्यान्वयन तहमा जाँदाको परिणम हो अहिलेको पुननिर्माणको काम । त्यसकारण समय परिष्थिति अनुकुल समयसुहाउँदो वातावरणमैत्री संरचना र बस्ती निर्माण हुन सकिरहेको छैन । व्यवसायि विज्ञता हासिल गरेका र पुननिर्माणका बारेमा दक्षता भएकाले स्थान नपाउनु अर्को बिडम्बना भएको छ । नगर्ने र नबनाउने भन्ने मान्छे छैन् तर काम किन गर्दैन् ?

3635
Shares

ट्रेन्डिङ