सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा आजबाट “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सुरु

काभ्रेमा आजबाट “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सुरु

9275
Shares
काभ्रेमा आजबाट “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सुरु

 

 

नेपाली काँग्रेस काभ्रेले आजबाट “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सुरु गरेको छ ।

 

बनेपामा एक कार्यक्रमका बीच काँग्रेसले उक्त अभियान सुरु गरेको हो । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अभियानको उद्घाटन गरेका हुन् ।

 

केन्द्रिय प्रतिनिधी उर्मिला के.सीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा १३५ वडाका पदाधिकारी, पालिका, क्षेत्र, प्रतिनिधिसभा, जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

 

उक्त अभियानका लागि नेपाली काँग्रेस काभ्रेले १३५ वटै वडामा जिल्ला प्रतिनिधि पठाउने निर्णय पनि गरेको छ । जिल्ला सदस्य तथा पूर्व जिल्ला सदस्यले एक महिना भर उक्त वडाका घरघर र टोलटोलमा छलफल लगायत कार्यक्रम गर्ने छन ।

 

काँग्रेसले चैत ६ गते भित्र वडा स्तरीय भेला मार्फत “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान शुभारम्भ र घर घर तथा टोलटोलमा जाने योजना निर्माण गर्नुपर्ने छ ।

 

 

9275
Shares

ट्रेन्डिङ