सबैको समाचार
शनिबार, असार ६, २०८३
  • होमपेज
  • काभ्रेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चार जनालाई पक्राउ

काभ्रेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चार जनालाई पक्राउ

16735
Shares
काभ्रेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चार जनालाई पक्राउ

काभ्रे प्रहरीले लागुपदार्थ गाँजा तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चार जनालाई पक्राउ गरेको छ ।

गएराती पनौती नगरपालिका वडा नं.५ छालाकारखाना स्थित पनौती बनेपा सडक खण्डमा आवत जावत गर्ने सवारी साधन चेकजाँच गर्न खटिएको सयुक्त प्रहरी चेकजाँच टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोशी गाउँपालिका वडा नं १२ का बिजय बि.क. छन् । ३६ वर्षिय उनी बा ४ ख २९०६ नम्बरको टिपर चालक हुन् । त्यस्तै मण्डनदेउपुर नगरपालिका वडा नं ७ का बा ४ ख ३०५० नम्बरको टिपर चालक ३२ वर्षिय सुरेश रम्तेल, बा २ क ३५५६ नम्बरको टिपर चालक काठमाण्डौं बुढानिलकण्ठ ११ का २७ वर्षिय नवराज खड्का र बा २ क ३२९९ नम्बरको टिपर चालक उदयपुर कटारी १३ का ४० बर्षीय वेग बहादुर सार्की रहेका छन् ।

पनौतीबाट बनेपातर्फ आईरहेको अवस्थामा टिपर चालकहरुले लागु पदार्थ गाँजा तथा मादक पदार्थ सेवन गरी लापरवाही तरिकाले सवारी साधनहरु चलाएकोमा पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ ।

उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालय काभ्रेबाट अभद्र व्यवहार मुद्दामा दिन–७म्याद थप भई अनुसन्धान कार्य भई रहेको छ काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

16735
Shares

ट्रेन्डिङ