सबैको समाचार
बिहिबार, चैत्र ६, २०८१
  • होमपेज
  • ट्रम्प विरुद्ध अदालतको आदेश

ट्रम्प विरुद्ध अदालतको आदेश

3005
Shares
ट्रम्प विरुद्ध अदालतको आदेश

अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरुको बाहुल्यता रहेका सात देशका व्यक्तिहरुलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने निर्णयको विरुद्धमा फैसला गरेको छ ।  नयाँ राष्ट्रपतिको विवादास्प्रद कार्यकारी निर्णयलाई सान फ्रान्सीस्को प्रान्तीय पुनरावेदन अदालतले तत्कालका लागि रोक लगाएको हो ।
आफ्नो निर्णय विरुद्ध अदालतको आदेश आएपछि राष्ट्रपति ट्रम्पले ट्विटमा लेख्नु भएको छ, “हामी पुनः अदालतमा भेटौला, देशको सुरक्षा अझैपनि दाउमै छ ।” उहाँको यो भनाईले सो मुद्धा अब सर्वोच्च अदालतमा लगिने संकेत गरेको छ ।
ट्रम्पले इराक, इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका जनतालाई ९० दिनको लागि प्रवेशप्रतिवन्ध गराउनु भएको थियो ।
राष्ट्रपति ट्रम्पले गत जनवरी २७ मा आतङ्ककारी गतिविधिलाई नियन्त्रण गर्न भन्दै मुसलमान बाहुल्यता रहेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउनु भएको थियो ।
अदालतले भने ट्रम्पले भनेजस्तो ती सात देशहरुबाट आतङकवादीहरुको खतरा रहेको भन्ने पर्याप्त प्रमाण नभएको तर्क गरेको छ ।
अदालतको पछिल्लो निर्णयपछि अदालत लोकप्रिय भएको छ भने ट्रम्प फेरी आलोचनाको पात्र बन्नु भएको छ । रासस÷एएफपी

3005
Shares

ट्रेन्डिङ