सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रे आएर महामन्त्री विश्वप्रकाश भने ‘निर्वाचनमा तालमेल बाध्यकारी हैन’

काभ्रे आएर महामन्त्री विश्वप्रकाश भने ‘निर्वाचनमा तालमेल बाध्यकारी हैन’

4370
Shares
काभ्रे आएर महामन्त्री विश्वप्रकाश भने ‘निर्वाचनमा तालमेल बाध्यकारी हैन’

काभ्रेपलाञ्चोक, १६ चैत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा तालमेल बाध्यकारी नभएको बताउनुभएको छ । उहाँले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा आज बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा भने तालमेल हुने बताउनुभयो ।

“निर्वाचनमा अन्य दलसँगको तालमेल बाध्यकारी भने हैन, तर आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा तालमेल हुन्छ”, शर्माले भन्नुभयो । उहाँले पार्टी केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा सम्बन्धित स्थानीय तहले तालमेल गर्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धन हुँदा भने साझा चुनावी घोषणापत्र बनाउनुपर्ने हुन्छ ।” गठबन्धन हुने स्थानीय तहमा सुझबुझपूर्ण ढङ्गले पार्टीले बनाएको नियमकै आधारमा उम्मेदवार छनोट हुने उहाँले दोहो¥याउनुभयो ।

नेता शर्माले कांग्रेसलाई अधिकांश स्थानीय तहमा निर्वाचित गराउन तालमेल गर्न लागिएको दाबी गर्नुभयो । “गठबन्धन हुँदा सहयात्री दलबीच कुन तहमा कस्ता उम्मेदवारी दिने भन्ने विषयले चर्चा पाउन थालेको छ, यसबारे पार्टीको संसदीय बोर्डले निर्णय गर्छ”, उहाँले भन्नुयभयो ।

उहाँले १५५ स्थानीय तहमा कांग्रेसका उम्मेदवार पराजित भएका स्थानमा दश प्रतिशत र पराजित ८४ स्थानीय तहमा पाँच प्रतिशत मत बढाउँदा विजयी हुनसक्ने तथ्याङ्क आँकलन गर्नुभएको थियो ।

जिल्ला सभापति तीर्थ लामाले आसन्न निर्वाचनलक्षित पार्टीको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानसँगै सङ्गठन विस्तारमा लागिएकाले जिल्लाको १३ स्थानीय तहमै नेपाली कांग्रेस विजयी हुने योजना बनाइने बताउनुभयो । रासस

4370
Shares

ट्रेन्डिङ