सबैको समाचार
बुधबार, माघ ९, २०८१
  • होमपेज
  • सुजुकी भिटारा ब्रेजालाइ तीन उपाधीद्वारा सम्मानित

सुजुकी भिटारा ब्रेजालाइ तीन उपाधीद्वारा सम्मानित

3215
Shares
सुजुकी भिटारा ब्रेजालाइ तीन उपाधीद्वारा सम्मानित

पारिवारिक कार तथा कम्प्याक्ट एसयूभीका रुपमा अत्यधिक लोकप्रियता पाइरहेको सुजुकी भिटारा ब्रेजालाई सीएनबीसी–टीभी १८ ओभर ड्राइभ २०१७ अवार्ड्समा तीन भिन्न अवार्डद्वारा सम्मानित गरिएको छ । कार्यक्रम मार्फत भिटारा ब्रेजालाई कम्प्याकट एसयूभी अफ दि इयर, कार अफ दि इयर र भिवर्स च्वाइस कार अफ दि इयर उपाधीद्वारा सम्मानित गरिएको हो । suzuki-vitara-brezza
आकर्षक स्पोर्टी डिजाइन सहितको यो कारले यात्रु तथा चालकलाई यात्राको समयमा निकै आरामदायी अनुभव प्रदान गर्छ । कारमा जडित इञ्जिन तथा गियरबक्सको उत्कृष्ट क्षमता र प्रदर्शनीका कारण उपभोक्ता माझ कार विशेष लोकप्रिय रहेको छ ।
ब्रेजामा कम्पनीले फोर सिलिण्डरको १ हजार २ सय ४८ सीसी क्षमता सहितको टर्बो चार्ज्ड डिजल म्याटेड फाइभ स्पिड म्यानुअल ट्रान्समिशन ईञ्जिन जडान गरिएको छ । कारमा जडित यो ईञ्जिनले ९० पीएसको अधिकतम शक्ति र २ सय एनएम अधिकतम टर्क उत्पन्न गर्ने क्षमता राख्छ ।
कारमा प्रयोग गरिएको च्यासिसले यात्रु तथा चालकलाई गुणस्तरिय यूरोपियन सवारीको अनुभव प्रदान गर्छ । साथै, कारको नियन्त्रण प्रणाली समेत निकै सुरक्षित तथा आरामदायी छ । साथै, कम्पनीले कारमा आधुनिक स्मार्ट मार्फत नियन्त्रण गर्न मिल्न विभिन्न अत्याधुनिक फिचर्सपनि उपलब्ध गराएको छ ।

3215
Shares

ट्रेन्डिङ