सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • काभ्रेमा पहिलो पटक वडा अध्यक्षका लागी महिलाको उम्मेरदवारी, निर्मला गोलेको नाम सर्वसम्मत सिफारिस

काभ्रेमा पहिलो पटक वडा अध्यक्षका लागी महिलाको उम्मेरदवारी, निर्मला गोलेको नाम सर्वसम्मत सिफारिस

84315
Shares
काभ्रेमा पहिलो पटक वडा अध्यक्षका लागी महिलाको उम्मेरदवारी, निर्मला गोलेको नाम सर्वसम्मत सिफारिस

 

काभ्रे : २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको चहलपहल चुलिरहदाँ स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष होस् या वडा अध्यक्ष पदका उम्मेरदवार दाबी गर्ने धेरै छन् ।

उप प्रमुख पद बाहेक अन्यमा महिलाले एकाध बाहेक अवसर पाएको देखिदैन । तर ६ नगरपालिका र ७ गाउँपालिका रहेको काभ्रेको एउटा वडा अध्यक्ष पदका लागि एक महिलालाई सर्वसम्मत सिफारिस गरिएको छ ।

काभ्रेमा जिल्लामा वडा अध्यक्षका लागि पहिलो पटक महिलाको उम्मेरदवारी परेको हो । निर्मला गोलेलाई नेकपा एमालेले जिल्लाको बनेपा नगरपालिका वडा नं १४ को वडा अध्यक्षका सर्वसम्मत सिफारिस गरेको हो ।

84315
Shares

ट्रेन्डिङ