सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • चुनाव जिते अध्यक्षको तलब भत्ताको सबै रकम बृद्ध बृद्धाको स्वास्थ्य उपचारमा खर्च गर्ने नृपेश बादेको घोषणा

चुनाव जिते अध्यक्षको तलब भत्ताको सबै रकम बृद्ध बृद्धाको स्वास्थ्य उपचारमा खर्च गर्ने नृपेश बादेको घोषणा

21775
Shares
चुनाव जिते अध्यक्षको तलब भत्ताको सबै रकम बृद्ध बृद्धाको स्वास्थ्य उपचारमा खर्च गर्ने नृपेश बादेको घोषणा

काभ्रेको बनेपा नगरपालिका वडा नं ९ मा वडा अध्यक्षको उम्मेद्बारी दिएका नृपेश बादेले आफूले चुनाव जिते अध्यक्षको तलब भत्ता बापतको सबै रकम बृद्ध बृद्धाको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा गरेका छन् ।

उनले बनेपा नगरपालिका वडा नं ९ बाट वडा अध्यक्ष लागि नेपाली काङ्ग्रेसबाट उमेदवारी दर्ता गराएका छन् । आज बनेपा वडा नं ९ मा रहेको बृद्धाआश्रममा बृद्ध बुवाआमाहरुबाट आशीर्वाद लिँदै उनी चुनावी अभियानमा होमिएका छन् ।

वडा अध्यक्षका उमेदवार बादे हरेक बर्ष आफ्नो जन्मदिन समेत बृद्धआश्रममा मनाउँदै आएका छन् ।

21775
Shares

ट्रेन्डिङ