सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • धुलिखेल नगरको मेयरका उम्मेरदवार विदुर बस्नेतलाई आर्शिवाद लिन भ्याईनभ्याई

धुलिखेल नगरको मेयरका उम्मेरदवार विदुर बस्नेतलाई आर्शिवाद लिन भ्याईनभ्याई

11220
Shares
धुलिखेल नगरको मेयरका उम्मेरदवार विदुर बस्नेतलाई आर्शिवाद लिन भ्याईनभ्याई

स्थानीय तहको चुनाव आउन ५ दिन मात्रै बाँकी छ । देश संघिय संरचनामा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ ।

यही बैशाख ३० गते हुनेस्थानीय तहको निर्वाचनका उम्मेरदवारहरु आर्शिवाद लिन र आफ्ना प्रतिवद्धता जनतालाई बुझाउन व्यस्त छन् । त्यसो त काभ्रेको धुलिखेल नगरपलिकाका स्वतन्त्र उम्मेदवार बिदुर बस्नेत पनि मतदाता सगँ आशीवार्द थाप्नमै व्यस्त छन् ।

नगर प्रमुखमा सत्तारुढ दलसबिच तालमेल हुँदा नेकपा एकिकृत समाजवादी पार्टीलाई परेको थियो । त्यसमा असन्तुष्ट काँग्रेसका नेता समेत रहेका बस्नेतले बागी उम्मेरदवारी दिएका हुन् ।

गठबन्धनका कारण कांग्रेसले मेयर पदको टिकट नपाएपछि पार्टीको साग जोगउन आफूले धुलिखेल नगरका लागि स्वतन्त्र उम्मेदवार दिएको उनी बताउछन्। समाजसेवी तथा यूवा नेता बस्नेतलाई आम धुलिखेल बासीको साथ सहयोग रहेको देख्न सकिन्छ ।

मतदाता सगँ भोट माग्न पुगेका बस्नेतलाई मतदाताले साथ दिने बताउदै जीतका लागि आशीवार्द दिएको उनको भनाई छ । आफू रहर भन्दा पनि आम धुलिखेल बासीको माग अनुसार नै स्वतन्त्र उम्मेदवारी दिएको दाबी उनको छ ।

आजका दिनसम्म सबै धुलिखेलबासीको साथले अगाडि बढेको उनको भनाई छ । मेयरका उम्मेरदवार बस्नेतले आफूले जितेमा नगरका लागि शासक नभई सेवक भएर काम गर्ने बताएका छन् ।

 

11220
Shares

ट्रेन्डिङ