सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • प्रथम एनआरएनए रनिङ कप २०२२ को टाईसिट सार्वजनिक, ३५ टिम सहभागी हुने

प्रथम एनआरएनए रनिङ कप २०२२ को टाईसिट सार्वजनिक, ३५ टिम सहभागी हुने

6460
Shares
प्रथम एनआरएनए रनिङ कप २०२२ को टाईसिट सार्वजनिक, ३५ टिम सहभागी हुने

जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा हुने प्रथम एनआरएनए रनिङ कप २०२२ को टाईसिट सार्वजनिक भएको छ ।

जापानको टोकियोस्थित फुजीमोरी फुट्सल पार्कमा अर्कों हप्ता मे २९ तारिख आइतबार आयोजना हुने प्रतियोगितामा कुल ३५ समूह सहभागी हुने एनआरएनए जापानका युवा संयोजक राकेश रम्बाले जानकारी दिनु भयो ।

प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा प्रथम हुने टोलीलाई ५ लाख येनसहित कप र रनिङ सिल्ड दिईने छ भने त्यसैगरी दोस्रो हुने टिमलाई २ लाख ५० हजार र कप, तेस्रो हुने टिमलाई ७० हजार येन र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने एनआरएनए जापान खेलकुद संयोजक नमस्ते गुरुङले जानकारी दिनुभयो ।

एनआरएनए जापानको ईतिहासमै संस्थागतरुपमा आयोजित पहिलो फुट्सल प्रतियोगिता २९ तारिख बिहान ९ बजेबाट सुरु हुनेछ ।

6460
Shares

ट्रेन्डिङ