सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • मोबाइल लुटपाटमा संलग्न काभ्रेका राम श्रेष्ठ सहित दुई जना काठमाडौँ प्रहरीको नियन्त्रणमा

मोबाइल लुटपाटमा संलग्न काभ्रेका राम श्रेष्ठ सहित दुई जना काठमाडौँ प्रहरीको नियन्त्रणमा

12770
Shares
मोबाइल लुटपाटमा संलग्न काभ्रेका राम श्रेष्ठ सहित दुई जना काठमाडौँ प्रहरीको नियन्त्रणमा

काठमाडौँमा मोबाइल लुटपाटमा संलग्न काभ्रेका एक सहित दुई जना पक्राउ परेका छन् । नयाँ बानेश्वर चोक नजिकैको आकाशेपुल अगाडि श्रीनगर फेन्सी कपडा पसल र पुनम अधिकारीको साथमा रहेको मोबाईल लुटपाट गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ घर भई बागबजार बस्ने राम श्रेष्ठ र नुवाकोटको मेघाङ गाउँपालिका, ५ घर भई महाबौद्ध बस्ने बिक्की अर्याल हुन् ।

गत शुक्रबार अर्यालले काठमाडौँका विभिन्न स्थानमा मोबाइल लुटपाट गरेर भागेका थिए । सोही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसरी लुटपाट गरिएका मोबाइल अर्यालले श्रेष्ठलाई बेच्ने गरेको खुलेको छ ।

लुटपाट गरिएको मोबाइल श्रेष्ठले जानाजान खरिद गरेको पुष्टि भएपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको हो । श्रेष्ठको साथबाट नौ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

12770
Shares

ट्रेन्डिङ