सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • पाँचखालमा जापान सरकारले बनाइदियो ‘कृषि तथा पशुपालन तालिम भवन’

पाँचखालमा जापान सरकारले बनाइदियो ‘कृषि तथा पशुपालन तालिम भवन’

5595
Shares
पाँचखालमा जापान सरकारले बनाइदियो ‘कृषि तथा पशुपालन तालिम भवन’

काभ्रेका पाँचखाल नगरपालिका वडा नम्बर ६ मा जापान सरकारले ‘कृषि तथा पशुपालन तालिम भवन’ निर्माण गरिदिएको छ ।

कृषि र बाताबरण क्षेत्रमा पाँचखाल नगरपालिकामा योगदान दिने लबग्रिन नेपाल मार्फत जापान सरकारले कृषकहरुको लागि कृषि तथा पशुपालन तालिम भवन निर्माण गरिदिएको हो । सभा कक्ष, तालिम कक्ष, ल्याबोरेटरी कक्ष, सयन कक्ष, भान्सा कक्ष, डाइनिङ कक्ष सहितको भवन आज जापानीज राजदुत युताका किकुताले उदघाटन गर्नुभएको हो ।

कार्यक्रममा पाँचखाल नगरपालिको मेयर महेश खरेल, जाईका नेपालका प्रमुख यकिमिट्सु ओकुव र लवग्रीन नेपालका अध्यक्ष अमिरा दली लगायतका अधिकारीहरु सहभागि हुनुभएको थियो । मंगलबार लवग्रीन नेपालले ३० बर्ष पुगेको उपलक्ष्यमा ‘तीनदशकको यात्रा’ नामक पुस्तक सार्वजनिक गरेको छ ।

जापान सरकारको ९४ लाख ७३ हजार १७ रुपैयाँ र लवग्रीन नेपालको ५२ लाख ९ हजार १२९ लगानी गरी कुलजम्मा १ करोड ४६ लाख ८२ हजार १४६ लागतमा भवन निर्माण पुरा भएको हो । लवग्रीन नेपालले पाँचखालमा लामो समयदेखि कृषि, पशु, वन र वातारणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

5595
Shares

ट्रेन्डिङ