सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

3940
Shares
अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि आज संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्।

उनीमाथि बजेटबारे अनधिकृत व्यक्तिको प्रवेशमा करका दर हेरफेर गराएको विषय छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको छ। समितिले १० दिन भित्रमा सत्यतथ्य छानबिन गरी घटनाको यथार्थ बाहिर ल्याउनेछ। अर्थमन्त्री शर्माले समितिलाई काम गर्नमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने पनि बताएका छन्।

२०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्व नायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ। बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएपछि उनी थप शंकाको घेरामा परेका थिए।

3940
Shares

ट्रेन्डिङ