सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • तरकारी बोकेको ट्रकमा ६ बोरा गाँजा!

तरकारी बोकेको ट्रकमा ६ बोरा गाँजा!

4825
Shares
तरकारी बोकेको ट्रकमा ६ बोरा गाँजा!

तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैँजादै गरेको १५६ केजी गाँजा प्रहरीले मोरङको विराटनगरबाट बरामद गरेको छ।

गएराति साढे १० बजे विराटनगर–१५ को दुई नम्बर ढाटमा प्रदेश १–०२–००१ख८६७७ नम्बरको मिनी ट्रक जाँच गर्दा ६ बोरा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले धनकुटाको शहिदभूमि गाँउपालिका–३ छिन्ताङका २९ वर्षीय ट्रक चालक विवेक राईलाई पक्राउ गरेको छ।

ट्रकमा ४६ बोरा बन्दाकोभी लोड गरिएको थियो। प्रहरीका अनुसार बन्दाकोभीको बोरामुनि ६ बोरा गाँजा भेटिएको हो।

4825
Shares

ट्रेन्डिङ