काभ्रे :- जिल्लामा अबिरल बर्षा कारण पहिरोपरी मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ भने वेपताको सङ्ख्या १० जना भएको छ ।
अविरल बर्षाको कारण जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ चापाखोरीमा भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाताली तामाङको मृत्यु भएको छ ।भने मृतक पातालीको घरमा मकै भाँंच्ने काममा सघाउन आएकी धुल्खु निवासी उनको आफ्नै बहिनीको समेत मृत्युु भएको छ । घटना पछि प्रहरी चौकी नारायणथानबाट प्रहरी पुगेपनि अविरल बर्षाका कारण शब निकाल्ने प्रयास भैरहेको छ ।
बनेपा-१० हंसदा आश्रम नजिक पुरिएका ६ वर्षका बालक युविन हुमागाईको मृत्यु, बनेपा अस्पताल ल्याउन नसकेर सूर्यविनायक लगिएकोमा मृत घोषित गरेका छन ।
तेस्तै हिजो साझ नै अबिरल बर्षाको कारण पहिरोमा परी एकको मृत्यु भएको छ ।जिल्लाको बेथान्चोक गाउँपालिकाको वडा न- ५ च्याल्टीमा पहिरोमा पुरिएर ४५ बर्षिय प्रेम बहादुर वाईवाको मृत्यु भएको छ ।
बेथान्चोक वडा न ५ मै रहेको साजीखोल्सा तरेर गैसक्दा बारीको काल्ला माथिबाट आएर प्रेम ब वाईबाको मृत्यु भएको बेथान्चोक गाउपालिका वडा न ५ का वडा अध्यक्ष राज कुमार वाईबाले बताउनु भयो ।
वडा अध्यक्षका अनुसार घटना स्थलमा अहिले प्रहरी सहित पुग्दै गरेको जानकारी दिनु भएको छ ।मृतक घर पुग्न ३ सय मिटर बाकी रहदा माथिबाट आएको पहिरोले उनलाई पुरेको वडा अध्यक्ष बाईबाले बताउनु भयो ।
१० वेपता
अबिरल बर्षाको कारण बनेपा नगरपालिका वडा न १४ थालचोक स्थित अबिरल बर्षादको कारण पहिरोले घर बगाई २ जना बेपत्ता भएका छन । तेस्तै पनैती नगरपालिका वडा न १२ कोलातीभुमी डाडामा अबिरल बर्षादको कारण पहिरो आई घर पुरिदा श्रीमान श्रीमती (२ जना) बेपत्ता भएका छन । तेस्तै नमोबुद्ध नगरपालिका वडा न २ श्यामापाटी स्थित अबिरल बर्षादको कारण पहिरोमा परि दुई जना ब्यक्ती बेपत्ता भएका छन । तेस्तै पनौती नगरपालिका वडा न ११ बल्थली थुम्की स्थित अबिरल बर्षादको कारण पहिरो आई १ घर पुरिदा ४ बेपता भएका छन ।
यो सङै जिल्लामा बेपता हुनेको सङ्ख्या मात्र १० जना पुगेको छ ।