सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा मध्यरातमा घरेलु हतियार प्रयोग गरि लुटपाट, दुई जना पक्राउ

काभ्रेमा मध्यरातमा घरेलु हतियार प्रयोग गरि लुटपाट, दुई जना पक्राउ

4280
Shares
काभ्रेमा मध्यरातमा घरेलु हतियार प्रयोग गरि लुटपाट, दुई जना पक्राउ

काभ्रे : गए मध्यराती घरेलु हतियार प्रयोग गरि काभ्रेको रोशीमा घरधनीलाई कुटपिट गरि लुटपाट भएको छ ।

जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङका अनुसार काभ्रे जिल्ला रोशि गाउँपालिका वडा नम्बर ५ डुम्बल स्थित कामी सिङ्ग लामा घरमा अन्दाजी ३ जना अनुहारमा खादा बेरेको अपरिचित ब्यक्तिहरु प्रबेश गरि रड र घरेलु हतियार प्रयोग गरि कुटपिट गरी सुन र नगद लुटेर भागेको हुन् ।

भाग्ने क्रममा संकास्पद ब्यक्ती रोशी गाउँपालिका वडा नम्बर ६ नवल घर भएका बुद्ध घिसिङ र रोशि गाउपालिका वडा नम्बर ८ खार्पाचोक घर बताउने २ जनालाई उनीहरुले प्रयोग गरेको मोटरसाइकल र स्कुटर समेत स्थानीयहरुले घेराहाली समाइ प्रहरी चौकी कटुन्जेबेशिलाई जिम्मा लगाएको तामाङले जानकारी दिए ।

टाउकोमा घाउ भएका घाइते लामाको उपचार भैरहेको छ । अन्य विवरण आउन बाँकी छ ।

4280
Shares

ट्रेन्डिङ