सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • इन्टर्याक्टको शेयर बजार प्रशिक्षण कार्यक्रम

इन्टर्याक्टको शेयर बजार प्रशिक्षण कार्यक्रम

2135
Shares
इन्टर्याक्टको शेयर बजार प्रशिक्षण कार्यक्रम

काभ्रे । नेपाल प्रहरी स्कूल, साँगामा शेयर मार्केटसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । इन्टर्याक्ट क्लब अफ भक्तपुर एण्ड काभ्रे भ्याली र इन्टर्याक्ट क्लब अफ नेपाल पुलिस स्कूल साँगाको संयुक्त आयोजनामा भएको तालिम कार्यक्रममा २ सय ८० जनाको सहभागतिा रहेको इन्टर्याक्ट डिष्ट्रिक्ट ३२९२ का जोनल इन्टर्याक्ट रिप्रिजेन्टेटिभ अनमोल सिलवालले जानकारी दिनुभयो ।

सिवलावका अनुसार कार्यक्रमले शेयर बजार सम्बन्धि जानकारी दिइनुका साथै कार्यक्रम स्थलमै सहभागीहरुको डिम्याट खातासमेत खोलिएको थियो । कार्यक्रमले वित्तीय साक्षरता र जागरूकताको प्रसारमा महत्वपूर्ण जानकारी दिएको उहाँको भनाई छ ।

तालिमका सहभागीहरुलाई सचिन सिलवाल, शिव चन्द, र श्रीहरि कार्कीले शेयर बजारको परिप्रेक्ष्य, निवेश रणनीतिहरू, र सुस्त वित्तीय निर्णयहरूबारे प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रममा रोटेरी क्लब मध्यपुरकी नोमिनी प्रेसिडेण्ट शकिला पाठक, राजराम सुवाल र विक्रम कर्माचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमा इन्टर्याक्ट क्लब अफ नेपाल पुलिस स्कूल साँगाकी अध्यक्ष रनिसा तामाङले कर्यक्रम सपलतापुर्वक सम्पन्न गर्न सहयोय गर्नुहुने सबैमा आभार व्यक्त गर्नु भयो

कार्यक्रमको संयोजन जोन सेभेनका जोनल एडभाइजर रोज कर्माचार्यले गर्नु भएको थियो । कार्यक्रमबारे जानकारी दिँदै उहाँले युवाहरुमा शेयर बजारबारे जानकारी दिन, बजारको अवस्थाबारे जानकार रहन मद्दत मिल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

2135
Shares

ट्रेन्डिङ