सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • काभ्रेका पहिलो कोरोना संक्रमित जनप्रतिनिधिले जिते कोरोना

काभ्रेका पहिलो कोरोना संक्रमित जनप्रतिनिधिले जिते कोरोना

6405
Shares
काभ्रेका पहिलो कोरोना संक्रमित जनप्रतिनिधिले जिते कोरोना

काभ्रे, ८ भदौः काभ्रेमा पहिलो पटक कोरोना संक्रमित भएका जनप्रतिनिधि निको भएर घर फर्किनुभएको छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कोरोना जितेर घर फर्किनुभएको हो ।

डिस्चार्ज भएपछि वडाध्यक्षले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेख्नुभएको छः

‘भगवानको कृपा, साथी भाई, आफन्त तथा ईष्टमित्रहरुको आर्शिवादले मैले कोरोनालाई जिते, यस घडीमा मलाई उपचार गर्ने डाक्टर, नर्स तथा फोन गरेर आत्मबल बढाउने साथीहरु, आफन्त तथा शुभचिन्तकलाई धन्यावद । साथै सतर्क भएर कोरोनाबाट अरुलाई पनि बचाउन, आफु आजैबाट अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै फेरी पनि सामाजिक दायित्व पुरा गर्न पाईला अगाडी बढाउनेछु ।’

 

वडाध्यक्ष कोरोना संक्रमित भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा साउन २८ गतेदेखि बस्दै आउनुभएको थियो । अन्तिम पटक लिइएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएपछि वडाध्यक्षलाई आज डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

6405
Shares

ट्रेन्डिङ