सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

2955
Shares
स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

स्वयम्भू भगवान्पाउ नजिकै प्रहरी र अपहरणकारीबीच आज गोली हानाहान भएको छ । सो क्रममा प्रहरीको गोली लागि अपहरणकारी घाइते भएको र तीनजनालाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
सो समूहले गत बिहीबार नुवाकोट घर भई काठमाडौँ बस्दै आएका तीनजनालाई अपहरण गरी परिवारसँग रु छ लाख ५० हजार फिरौती रकम माग गरेको थियो ।
अमात्यले भन्नुभयो– “गत फागुन १९ गते मनदोर्जे तामाङ, विशाल तामाङ र नाङ्लुङ तामाङलाई अपहरण गरी २० गते उनीहरुको परिवारलाई फोन गरी रु छ लाख ५० हजार फिरौती मागेका थिए ।”
सो कुराको सूचना पाएपछि महाशाखाको प्रहरी टोलीले आज अपहरणकारीलाई नियन्त्रणमा लिने प्रयास गर्दा अपहरणकारी समूहले गोली प्रहार गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले प्रहार गरेको गोली घुँडामुनि लागि नुवाकोटका जीवन लामा भन्ने दुर्गाबहादुर तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको महाशाखाका प्रमुख अमात्यले जानकारी दिनुभयो ।
अपहरणकारी समूहका सचिन खवास र वीरबहादुर तामाङलाई समेत प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ ।
अपहरणकारी छ जनाभन्दा बढी रहेकामा अन्य अपहरणकारी भने सो क्रममा भागेकाले उनीहरुको खोजी कार्य जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिनुभयो । रासस

2955
Shares

ट्रेन्डिङ