सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • कालोबजारी र मनपरी मूल्यवृद्धि रोक्न संयुक्त बजार अनुगमन

कालोबजारी र मनपरी मूल्यवृद्धि रोक्न संयुक्त बजार अनुगमन

3020
Shares
कालोबजारी र मनपरी मूल्यवृद्धि रोक्न संयुक्त बजार अनुगमन

काठमाडौं :- सरकारले असोज १ गतेदेखि संयुक्त बजार अनुगमन गर्ने भएको छ। दसैं, तिहार र छटलगायत मुख्य चाडपर्वलाई लक्षित गर्दै गत वर्ष झैं संयुक्त रुपमा बजार अनुगमन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले मुख्य चाडपर्वको बेला हुने कालोबजारी र ठगी रोक्न जिल्ला प्रशासन कार्यालयसहित उपभोक्तासँग सरोकार राख्ने ९ वटा विभागका अधिकारी सम्मिलित कम्तीमा १० वटा विशेष टोली परिचालन गर्ने तयारी रहेको बताए।

चाडपर्वमा हुने कालोबजारी र मनपरी मूल्यवृद्धि रोक्न अनुगमन गर्न लागिएको उनको भनाइ छ। संयुक्तअनुगमन टोलीमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका सदस्य हुनेछन् । संयुक्त अनुगमनका लागि मन्त्रालयले यस अघि नै संयुक्त छलफल गरिसकेको छ ।

संयुक्त अनुगमनमा यातायात, राजमार्ग छेउछाउका होटल तथा रेष्टुराँ, खुद्रा तथा थोक पसल र बजार, खाद्यान्न, माछामासु, दूध, पानी, मिठाइ, दूध, लत्ताकपडा, फलफूल लगायतका क्षेत्र प्राथिमिकतामा छन्।

3020
Shares

ट्रेन्डिङ