सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • श्रीमान‍ले पठाएको रकम महाकाली नदीमा

श्रीमान‍ले पठाएको रकम महाकाली नदीमा

2260
Shares
श्रीमान‍ले पठाएको रकम महाकाली नदीमा

बैतडी :- बैतडीमा एक महिलाले ७० हजार राखेर बोकेको झोला महाकाली नदीमा खसेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट बिहीबार महाकालीमा खसेको हो।

झुलाघाट बजार जाने क्रममा उनले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको प्रहरीको भनाइ छ। केही दिनअघि मात्रै भारतमा रहेका श्रीमान‍ले पठाएका रकम बोकेर बोहरा बिहीबार किराना पसलको सामान किन्न झुलाघाट गएकी थिइन्। गाउँमा किराना पसल सञ्चालन गर्दै आएकी भागरथीले पैसाको झोला महाकालीमा खसेको बताएकी छन्।

गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भीरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका इन्चार्ज राजेन्द्रनाथ योगीले बताए। सशस्त्र प्रहरी बलको उद्धार टोलीले महाकाली नदी किनारसम्म खोज गरे पनि झोला पाउन सकेको छैन्।

2260
Shares

ट्रेन्डिङ