सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रजातन्त्र दिवसको महत्वलाई प्राथमिकताका साथ प्रचारप्रसार गरिने

प्रजातन्त्र दिवसको महत्वलाई प्राथमिकताका साथ प्रचारप्रसार गरिने

4115
Shares
प्रजातन्त्र दिवसको महत्वलाई प्राथमिकताका साथ प्रचारप्रसार गरिने

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्र दिवसको महत्व र यसको प्रभाव के हो ? भन्ने विषयलाई आमसञ्चार माध्यमले जनतासमक्ष बढी सुसूचित गर्नुपर्ने बताउनुभएको छ ।  ६७ औँ प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाउने सन्दर्भमा आज सञ्चारमाध्यमका प्रतिनिधिसँगको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा गठित मूलसमारोह समितिका सदस्य रहनुभएका सूचना तथा सञ्चारमन्त्रीको संयोजकत्वमा प्रचारप्रसार उप–समिति गठन गरिएको छ ।
उप–समितिमा सञ्चार सचिव, काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला विकास समितिका प्रमुख, नेपाल पत्रकार महासङ्घका अध्यक्ष, गोरखापत्र संस्थाका अध्यक्ष, रेडियो नेपालका महानिर्देशक, राससका अध्यक्ष, नेपाल टेलिभिजनका अध्यक्ष र प्रेस काउन्सिल नेपालका अध्यक्षलगायत मातहतका विभागीय प्रमुख सहभागी २२ सदस्य रहनुभएको छ ।
“विशेषगरी टेलिभिजन र अन्य सञ्चार माध्यमले समेत प्रजातन्त्र स्थापना, प्रजातन्त्र पहिले र अहिले र त्यसका उपलब्धि लगायतका विषयलाई समेटेर बहस सञ्चालन गर्न, विभिन्न लेख–आलेख प्रकाशन गर्न आवश्यक छ”–सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो ।
सरकारी सञ्चार माध्यमका साथै रेडियो, टेलिभिजन, पत्रपत्रिकालगातयका निजी क्षेत्रका सञ्चार माध्यमले पनि प्रजातन्त्रबारे सिर्जनात्मक ढङ्गले प्रकाशन÷प्रशारण गर्नुपर्ने मन्त्री कार्कीको भनाइ छ ।
मन्त्री कार्कीले अङ्गेजी पाठकलाई लक्षित गरेर ‘द’ राईजिङ नेपालले प्रजातन्त्र सम्बन्धी विशेष रूपमा प्रकाशन गर्न पनि अपिल गर्नुभयो ।
हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीले प्रजातन्त्रलाई लक्षित गरेर विभागले नेपालको संविधान २०७२ अङ्कित हुलाक टिकटमा टाँचा लगाउने कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।
राससका अध्यक्ष कुलचन्द्र वाग्ले र गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द्र पोखरेललगायतले आफ्नो संस्थाले प्रजातन्त्रबारे विगतका वर्षमा विभिन्न सागम्री सम्प्रेषण गर्दै आएको र यस पटक पनि प्रजातन्त्र दिवसको महत्वलाई विशेष प्राथमिकताका साथ सम्प्रेषण गर्ने बताउनुभयो ।
मूलसमारोह समितिले नेपाल टेलिभिजन र रेडियो नेपाललाई नेपाली सैनिक मञ्चमा हुने कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन, प्रजातन्त्रबारे समाचार बुलेटिन तथा समाचारमूलक कार्यक्रम, अन्तवार्ता प्रसारण गर्ने जिम्मेवारी दिएको छ । ६७ औँ प्रजातन्त्र दिवस यही फागुन ७ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ । रासस

4115
Shares

ट्रेन्डिङ