सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सभामुख घिमिरेद्वारा नेम्वाङ निवास पुगेर समवेदना अर्पण

सभामुख घिमिरेद्वारा नेम्वाङ निवास पुगेर समवेदना अर्पण

2000
Shares
सभामुख घिमिरेद्वारा नेम्वाङ निवास पुगेर समवेदना अर्पण

काठमाडौं :- सभामुख देवराज घिमिरेले दिवंगत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन्।

घिमिरे शनिबार दिउँसो बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गरेका हुन्। उनले नेम्वाङका पुत्रद्वय मिङ्सो र सुहाङलाई भेटेर समवेदना प्रकट गरेका हुन्।

सभामुखले नेम्वाङका परिवारजनलाई आफ्नो र प्रतिनिधि सभाको तर्फबाट समवेदना पत्र हस्तान्तरणसमेत गरेका थिए। संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो।

2000
Shares

ट्रेन्डिङ