सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • खुकुरी प्रहारबाट १ जनाको मृत्यु

खुकुरी प्रहारबाट १ जनाको मृत्यु

2350
Shares
खुकुरी प्रहारबाट १ जनाको मृत्यु

लमजुङ । क्व्होलासोथार गाउँपालिका-९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर बिकको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ ।

असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते दिलबहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

आफ्नै छोरा २८ वर्षीय सुजन बिकबीच दाह्री काट्ने जिलेट मेसिन नदिएको विषयलाई लिएर भएको झगडामा सुजनले खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले सुजनलाई असोज १६ गते पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

2350
Shares

ट्रेन्डिङ