सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • अर्थमन्त्री सवार गाडी दुर्घटना

अर्थमन्त्री सवार गाडी दुर्घटना

2145
Shares
अर्थमन्त्री सवार गाडी दुर्घटना

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी आज दिउँसो दुर्घटनामा परेको छ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुरबाट अमेलिया हुँदै देउखुरीस्थित मन्त्रालयतर्फ जाँदै गरेको लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर-१२ सितलपुरको घुम्तीमा दिउँसो चार बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्ने घाइते भएको अर्थमन्त्री मास्कीका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए। घाइते सबैको हात खुट्टामा सामन्य चोट लागेको छ।

2145
Shares

ट्रेन्डिङ