सबैको समाचार
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • जङ्गली जडीबुटी खाएर १ जनाको मृत्यु

जङ्गली जडीबुटी खाएर १ जनाको मृत्यु

1845
Shares
जङ्गली जडीबुटी खाएर १ जनाको मृत्यु

सुर्खेत । दैलेखको भगवतिमाई गाउँपालिमा जङ्गली जडीबुटी खाएका एक जनाको मृत्यु भएको छ। ‘ठूलो ओखती’ नामले चिनिने जङ्गली जडीबुटी खाएर गाउँपालिका–४ तुर्सुका २५ बर्सिया नर्तम विकको आज मृत्यु भएको हो।

केही दिन अघिदेखि ज्वरोले थला परेका तीन जनाले घरमा राखिएको ‘ठूलो ओखती’ नामले चिनिने जङ्गली जडीबुटी खाएका थिए। जङ्गली जडीबुटी खाएका तीन जनामध्ये एक जनाको मृत्यु भएको र अन्य दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।

जङ्गली जडीबुटी ‘ठूलो ओखती’ खाएर गम्भीर घाइते हुनेमा सोही ठाउँका ६१ वर्षीय धने कामी र १२ वर्षीय रमेश विक रहेका छन्। स्वास्थ्य अवस्था गम्भीर रहेका दुई जनालाई थप उपचारका सुर्खेत पठाइएको प्रहरी प्रमुख लम्सालले बताए।

1845
Shares

ट्रेन्डिङ