सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा मोटर्साईकललाई गाडीले ठक्कर दिदा एकको मृत्यु ,७ जना घाईते

काभ्रेमा मोटर्साईकललाई गाडीले ठक्कर दिदा एकको मृत्यु ,७ जना घाईते

11050
Shares
काभ्रेमा मोटर्साईकललाई गाडीले ठक्कर दिदा एकको मृत्यु ,७ जना घाईते

काभ्रे । काभ्रे विपि राजमार्ग अन्तर्गत आज विहान अन्दाजी ६:४५ बजेको समयमा जिल्ला काभ्रे पनौती न.पा.५ सुन्दरबस्ति स्थित काठमाण्डौबाट रामेछाप तर्फ जादै गरेको बा ६४ प १७७२ नं. को मोटरसाईकल लाई सोही दिशा जाँदै गरेको बा.प्र. ०३-००१ ज ०२९८ नं.को ईलेक्ट्रोनिक गाडिले ठक्कर दिदा दुर्घटना भएको हो । ठक्कर दिई भाग्ने क्रममा सड्क कुनाको नालिमा खस्दा उक्त गाडिमा र मोटरसाईकलमा सवार ७ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाईएको र मोटरसाईकल र गाडी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ईलेक्ट्रोनिक गाडिचालक पनौती न.पा. ५ बस्ने बर्ष ४१ को उपेन्द्र थापा जि.प्र.का.काभ्रेको नियन्त्रणमा रहेको प्रहरीले जनकारी दिएको हो ।

घाईते मध्यको रामेछाप मन्थली न.पा. १२ बस्ने अं. बर्ष २० की रमिला बुढाथोकी अवस्था गम्भिर रहेको र धुलिखेल अस्पतालमा उपचार हुदै गर्दा विहान ७:३५ बजे अस्पतालका डा.ले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको हो ।

जसमा घाईतेहरुमा रामेछाप जिल्ला वडा नं. १ बस्ने अन्दाजी बर्ष २३ की पुष्पा तामाङको टाउकोमा चोट अवस्था सामान्य रहेको र सोही जिल्ला लिखुतामाकोसी गा.पा. ६ बस्ने अन्दाजी बर्ष ५१ को टंक प्रसाद दाहाल दाहिने कुम र टाउकामा सामन्य चोट रहेको र सङै मोटरसाईकल चालक ईलाम जिल्ला थाकथुम गाउपालिका वडा न ३ बस्ने अन्दाजी बर्ष ४० को राम कु. राई ढाडमा चोट अवस्था सामान्य रहेको सङै मोटरसाईकलको पछाडी सवार निजकै श्रीमती बर्ष ३९ की प्रविशा सुनुवार देब्रे खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।

घाईते सबैको उपचार हुँदै गरेको जानकारी प्रहरीले गराएको छ ।

11050
Shares

ट्रेन्डिङ