सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुद्वारा युद्धविराम अस्वीकार

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुद्वारा युद्धविराम अस्वीकार

1950
Shares
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुद्वारा युद्धविराम अस्वीकार

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासविरुद्ध युद्धविराम गर्न अस्वीकार गर्नुभएको छ। 

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना मारिएका थिए भने दुई सय ३० नागरिकलाई बन्धक बनाएको थियो ।

त्यसयता इजरायलले हमास शासित गाजाविरुद्ध ठूलो हवाई बमबारी अभियान चलायो । गाजाभित्र भने लामो समयदेखि अपेक्षित स्थल युद्ध भइरहेको थियो ।

विदेशी पत्रकारहरूसँग कुरा गर्दै नेतान्याहुले भन्नुभयो, “इजरायलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।” प्रधानमन्त्री नेतान्याहूले युद्धले हमासलाई ‘समाप्त’ पार्ने वाचा गर्नुभएको छ ।

1950
Shares

ट्रेन्डिङ