सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • पूर्वी सिरियामा आइएसको आक्रमण तीसको मृत्यु

पूर्वी सिरियामा आइएसको आक्रमण तीसको मृत्यु

4735
Shares
पूर्वी सिरियामा आइएसको आक्रमण तीसको मृत्यु

पूर्वी सिरियामा शनिबार इस्लामिक स्टेट (आइएस) समूहले गरेको भीषण आक्रमणमा परी ३० भन्दा बढी जिहादी र सरकारी बलको मृत्यु भएको एक मानवअधिकारवादीले जानकारी दिएका छन् ।
डेइर इज्जोरमा रहेको सरकारी बलको अखडा लक्षित आक्रमणमा परी १२ सरकारी सुरक्षाबल र २० आइएस आतङ्ककारी मारिएका सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जनाएको छ ।
अब्जरभेटरी र सिरियाली समाचार समिति सानाका अनुसार सोही सहरको सरकारी नियन्त्रणमा रहेको एक इलाकामा आइएस लडाकू समूहले गरेको एक रकेट आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको छ । रासस÷एएफपी

4735
Shares

ट्रेन्डिङ