सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • २१ दिनअघि बेपत्ता युवतीको शव भीरमा भेटियो

२१ दिनअघि बेपत्ता युवतीको शव भीरमा भेटियो

1740
Shares
२१ दिनअघि बेपत्ता युवतीको शव भीरमा भेटियो

म्याग्दी | बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको शव पर्वतको मल्लाजस्थित भीरमा भेटिएको छ।

गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी म‌गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव आइतबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनि सामुदायिक वन क्षेत्रमा भेटिएको हो ।

म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार आज बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । शव सडेको अवस्थामा भेटिएको थियो । बेनीको कालीपुल पारी रहेको जंगल पर्वतमा पर्छ।

घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ। बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन्।

घटना शंकास्पद रहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतबाट टोली खटिएर अनुसन्धान भइरहेको छ। पोष्टमार्टम गरेपछि शव परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ।

1740
Shares

ट्रेन्डिङ