सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बबरमहलमा पैदलयात्रु आफैंले बालेर बाटो काट्न सक्ने ट्राफिक लाइट सञ्चालनमा

बबरमहलमा पैदलयात्रु आफैंले बालेर बाटो काट्न सक्ने ट्राफिक लाइट सञ्चालनमा

1725
Shares
बबरमहलमा पैदलयात्रु आफैंले  बालेर बाटो काट्न सक्ने ट्राफिक लाइट सञ्चालनमा

काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि प्रयोगमा आएको छ ।

यस प्रकारको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइएको छ । यसलाई  ‘पेलिकन क्रसिङ’ भनिन्छ ।

बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखिएको  महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताएका छन् ।

यस प्रविधिमा पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ, गाडी रोकिन्छन् अनि यात्रुले बाटो पार गर्छन् । त्यसको केहीबेरमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ ।

पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्छ । अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको श्रेष्ठले बताएका छन् ।

1725
Shares

ट्रेन्डिङ