आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
सोमबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्यले साढे ६ महिनाअघिको रेकर्ड पनि तोड्न सकेको छैन । वैशाख २२ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५० डलर हाराहारीमा रहेको सुनको भाउ मंगलबार २०१५ डलर हाराहारीमा छ ।
यसअघि ११ कात्तिकमा सुनको मूल्यले प्रतितोला १ लाख १७ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ पुगेको छ ।