सबैको समाचार
सोमवार, असार २९, २०८३
  • होमपेज
  • पुस्तकबिनै पढ्न बाध्य विद्यार्थीहरू

पुस्तकबिनै पढ्न बाध्य विद्यार्थीहरू

1615
Shares
पुस्तकबिनै पढ्न बाध्य विद्यार्थीहरू

काठमाडौँ | जाजरकोट र रुकुम (पश्चिम) मा भूकम्प गएको ३८ दिन बितिसक्दा पनि अझै विद्यार्थीहरू पाठ्यपुस्तकबाट वञ्चित भएका छन्। सरकार र स्थानीय तहको ढिलासुस्तीका कारण विद्यार्थीहरू अहिले पुस्तकबिनै पढ्न बाध्य भएका हुन्।

स्थानी तहहरूका अनुसार अधिकांश विद्यालयमा पुस्तक पुगेको छैन भने कुनैमा कक्षा ७ सम्मका विद्यार्थीले मात्रै पुस्तक पाएका छन्। गत कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षतिसँगै विद्यालयमा क्षति पुगेको थियो।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार भूकम्पबाट ६ सय कक्षा कोठामा पूर्ण क्षति भएको छ भने ८ सय कक्षा कोठामा आंशिक क्षति पुगेको थियो। जसबाट पुस्तक पनि पुरिँदा विद्यार्थीहरू पाठ्यपुस्तकबिनै पढ्न बाध्य छन्।

1615
Shares

ट्रेन्डिङ