काभ्रे । पनौती स्थित चौकोटको जंगलमा एक मानिसको शव फेला परेको छ ।
करिब छ महिना अघिबाट हराइरहेका पनौती नगरपालिका वडा नं ६ का रामशरण हुमागाई मृत फेला परेका हुन् । जंगलमा घाँस दाउरा गर्न गएका स्थानीयले पुरुषको जस्तो देखिने अस्थिर पञ्जर सहित घडि, मोबाइल, भेटाएपछि जिल्ला प्रहरी कार्यलय काभ्रेलाइ खबर गरेका थिए ।
मृतकले लगाएको कपडा र घडिबाट मृतकका आफन्तले पहिचान गरेका हुन् । थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।