सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सिन्धुलिमा सवारी दुर्घटना, दुईको मृत्यु

सिन्धुलिमा सवारी दुर्घटना, दुईको मृत्यु

1595
Shares
सिन्धुलिमा सवारी दुर्घटना, दुईको मृत्यु

सिन्धुलिको सुनकोशी गाउँपालिका वडा नं ३ मा सवारी दुर्घटना भएको छ ।


मन्थलीबाट काठमाडौँतर्फ जादैँ गरेको बागमती प्रदेश ० ००६ ख ४५९३ नम्बरको बस र काठमाडौँबाट पुर्वतर्फ आउदैँ गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालले जानकारी दएका छन् ।

दुघटनामा परि एकजना महिला र एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ का रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० की मुनाकला राई रहेकको प्रहरीले जनाएको छ ।

आक्रोसित स्थिानियले बसमा आगो लगाएका छन् । त्यस्तै, विपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । मोरसाइकल, बस र रामेछापको मन्थली नगरपालिका १३ का २४ वर्षिया बस चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

1595
Shares

ट्रेन्डिङ