सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • जनकपुरबाट अयोध्याका लागि रेल छुट्ने

जनकपुरबाट अयोध्याका लागि रेल छुट्ने

1535
Shares
जनकपुरबाट अयोध्याका लागि रेल छुट्ने

जनकपुरधाम | भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामदेखि अयोध्यासम्म रेल जाने भएको छ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अयोध्या जाने रेलको टिकटको बुकिङसमेत खुलिसकेको जानकारी दिए।

महाप्रबन्धक झाका अनुसार आइतबार बिहान साढे ६ बजे जनकपुरधामबाट अयोध्याका लागि रेल छुट्ने जानकारी दिए। त्यसका लागि शनिबार राति भारतीय रेल जनकपुरधाम आइपुग्नेछ।

परराष्ट्र मन्त्रालयको पहलमा भारतीय दूतावासमार्फत भारतीय रेल्वेले श्रद्धालुको सहुलियतका लागि रेल पठाउन लागेको हो। महाप्रबन्धक झाका अनुसार जनकपुरधामबाट अयोध्याका लागि जाने रेलको भाडासमेत निर्धारण गरिएको छ।

जसअनुसार दोस्रो श्रेणी एसीको ३ हजार, तेस्रो श्रेणी एसीको २ हजार र स्लिपर सिटको १ हजार नेपाली रुपैयाँ निर्धारण गरिएको छ। टिकटको मूल्य बढी भएपछि तीर्थयात्रुहरुका कारण टिकटको मूल्य कम गरिएको झाले बताए।

भारतबाट आउने रेल आइतबार बिहान साढे ६ बजे अयोध्याका लागि छुट्नेछ भने सोमबार राति ११ बजे जनकपुरधामका लागि अयोध्याबाट छुट्नेछ। नेपाल रेल्वेलाई १ हजार ४ सयसम्म टिकट काट्ने अनुमति दिइएको छ।

लामो समयसम्म विवादित रहेको राम मन्दिर अयोध्यामा निर्माण भएपछि मधेस प्रदेशसहित देशका हिन्दुधर्मालम्बीहरु उत्साहित छन्।

यसका लागि विभिन्न स्थानीय तहहरुले प्राण प्रतिष्ठा हुने दिन सार्वजनिक बिदा दिएका छन् भने दिपावली मनाउन आग्रह गरेको छ।

1535
Shares

ट्रेन्डिङ