सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • त्रिभुवन जनता माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी

त्रिभुवन जनता माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी

1440
Shares
त्रिभुवन जनता माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी

रुकुमपश्चिम । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ खलङ्गामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

विद्यालयमा कार्यरत ६ जना कर्मचारीहरु पदमुक्त गरिएको भन्दै पीडित कर्मचारीले अल्टिमेटमसहित विद्यालयमा तालाबन्दी गरिएको हो ।

जिल्लाको सबैभन्दा जेठो विद्यालयका रुपमा चिनिने यस विद्यालयमा गत वर्षदेखि विद्यालय प्रशासन, व्यवस्थापन समिति र कर्मचारीहरु बिच भएको विवादका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको गुनासो बढेको छ ।

विद्यालयका अधिकृत जयराम थापा, लेखापाल ठकबहादुर बुढाथोकी, पुस्तकालय सहायक रमा शाह, कार्यालय सहायक गौरी रावत र कार्यालय सहयोगीद्वय डमरबहादुर महत र दुर्गबहादुर खड्कालाई विभिन्न आरोपमा पदमुक्त गरिएको थियो ।

गत मङ्सिर ४ गते नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत बिनाराम खड्का, प्रा.स. नरेन्द्र ओली, वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, विद्यालयका प्रधानाध्यापक गोपीराम केसी, कार्यरत शिक्षकहरुको सयुक्त बैठकले पदमुक्त गरिएका कर्मचारीहरुलाई कामकाजमा फर्कन निर्णय गरेर पत्राचार गरिसकेको छ ।

विद्यालय प्रशासन र व्यवस्थापन समितिको उक्त कदम नसच्चिएमा विरोधमा थप कार्यक्रम गर्दै जाने भन्दै पीडित कर्मचारीहरुको तर्फबाट अल्टिमेटम समेत जारी गरिएको छ ।

1440
Shares

ट्रेन्डिङ