सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • फेरी चलचित्रमा फर्किदै नारायण त्रिपाठी

फेरी चलचित्रमा फर्किदै नारायण त्रिपाठी

2705
Shares
फेरी चलचित्रमा फर्किदै नारायण त्रिपाठी

काठमाडौं | चर्चित हास्य कलाकार नारायण त्रिपाठी लामो समय पछि फेरी नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन्।

करिब डेढ दशक लामो ग्यापमा उनले नयाँ चलचित्र ‘चमेलीको पोइ’मा अभिनय गर्न लागेका हुन्।

लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी यो चलचित्रमा प्रमुख भूमिकामा रहने निर्देशक एभरेस्ट सूर्य बोहराले बताए।

अमेरिकामा पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो हाँस्य प्रस्तुतिलाई निरन्तरता दिइरहेका त्रिपाठी सामाजिक कार्यहरूमा पनि उत्तिकै सक्रिय छन् ।

अन्य कलाकार भने छनोट नभएको उनले बताए। यो चलचित्र सन २०२४ मा नै रिलिज गर्ने लक्ष्य राखिएको छ।

2705
Shares

ट्रेन्डिङ